भैरहवास्थित भीम अस्पातालबाट २५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

बुटवल – कोरोना संक्रमितहरु निको भएर घर फर्किने क्रम बढेको छ । पछिल्लो पटक सोमबार भैरहवास्थित भीम अस्पातालबाट निको भएर २५ जना घर फर्किएका छन् ।

प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखाका प्रमुख डा.उमाशंकर चौधरीका अनुसार निको भएर फर्किएकाहरु धेरै जसो कपिलबस्तुका छन् । यो संगै प्रदेश ५ मा उपचारपछि घर फर्किनेहरुको संख्या ७१ पुगेको छ । यो प्रदेशमा संक्रमितको संख्या पांच सय ५० छ । यसअघि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तरगत बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप ४ जना संक्रमीत आइतबार डिस्चार्ज भएका थिए । डिस्चार्ज भएकाहरु उनीहरु कपिलवस्तु र रुपन्देहीका हुन् । यसअघि पनि यही अस्पतालमा उपचार गरेका ११ जना सञ्चो भएर भर फर्किएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्