भाजपाका नेताको आरोप– ९० प्रतिशत भारत विरोधी गतिविधि नेपालबाट

काठमाडौँ – भारतका पूर्वमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता सुव्रमनियन स्वामीले नेपालबारे विवादास्पद टिप्पणी गरेका छन् । उनले पाकिस्तानी गुप्तचर संस्था आईएसआईले ९० प्रतिशत भारतविरोधी गतिविधि नेपाल– भारत सीमाबाट गर्ने गरेको आरोप लगाएका हुन् ।

भारतले आफ्नो देशमा हुने अधिकांश आतंकवादका घटनामा पाकिस्तान संलग्न रहेको आरोप लगाउने गर्छ । यस्तोमा पाकिस्तानी गुप्तचर संस्थाद्धारा सञ्चालित भनिएको ९० प्रतिशत भारतविरोधी गतिविधि नेपालबाटै हुने गरेको आरोप निकै गम्भीर हो । नेपालबारे यस्तो गम्भीर निशाना साँधेर ट्वीटरमा सुव्रमनियनले लेखेका छन्, ‘जब नेपाल– भारत सम्बन्ध बिग्रन्छ तब पाकिस्तानको आईएसआईले खुसीयाली मनाउँछ किनकी उसले आफ्नो ९० प्रतिशत भारत विरोधी गतिविधि नेपाल–भारत सीमा हुँदै अवैध रुपमा सञ्चालन गर्छ ।’

गत वर्ष विश्व हिन्दू महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका बेला उनले नेपालमा हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्