‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ’ : लालबाबु पण्डित

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले कोरोनाभाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले भने, ‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय सरकारको ध्यान जानु पर्दछ ।’

पूर्वमन्त्री समेत रहेका सांसद पण्डितले क्वारेन्टाइनहरू चिन्ताजनक अवस्थामा रहेको बताए । क्वारेन्टिन व्यवस्थापनका लागि संघीय सरकारले स्थानीय तहलाई थप आर्थिक सहयोग गर्नुपर्ने समेत उनले माग गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्