इन्द्रावति गाउँपालिकाले बैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सार्वजनिक गर्‍याे: ४४ देशमा १ हजार ८३५ जना

सुशील सुवेदी
सिन्धुपाल्चोक – इन्द्रावति गाउँपालिकाले आफ्नो विदेशमा रहेका नागरिकहरुको तथ्याङ्क सार्वजनिक गरेको छ । इन्द्रावति गाउँपालिका बाट जम्मा ४४ वटा देशमा १ हजार ८ सय ३५ जना नागरिकहरु रहेको तथ्यांकमा उल्लेख छ ।

गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार छिमेकि देश भारतमा ४ सय ७१ जना रहेका छन् भने दुबाइमा २२८, साउदि अरबमा १७८ मलेसियामा २७१, कतारमा १५० जना रहेका छन् । त्यस्तै बाँकि विभिन्न देशमा आफ्नो नागरिक रहेको गाउँपालिकाले जनाएको छ ।

यो विवरण वडाकार्यालय मार्फत स्थलगत सर्वेक्षण गरी घर घरमा पुगेर वैदेशिक रोजगारीमा गएकाहरुको परिवार सँग लिइएको इन्द्रावतीका प्रमुख प्रसाशकिय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए । पौडेलका अनुसार गाउँपालिकाले अनलाइन मार्फत सम्बन्धित ब्यक्ति सँगै विवरण संकलन गर्ने कार्य गरिरहेको छ । हालसम्म करिब एक सय जनाको विवरण अनलाइन मार्फत संकलन भएको पौडेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्