विश्वभर कोरोना संक्रमित र मृतकको संख्या बढ्यो, पछिल्लो २४ घण्टामा ५ हजार बढीको मृत्यु

काठमाडौं – विश्वभर कोरोनाबाट मृत्यु हुने र नयाँ संक्रमितको संख्या आकस्मिक रुपमा बढेको छ ।

विगत २४ घण्टामा ५ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ भने १ लाख २ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा मात्रै विगत २४ घण्टामा १ हजार ५ सय २२ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म १ लाख २ हजारको मृत्यु भइसकेको छ भने १७ लाख ४५ हजार बढी संक्रमित छन् । त्यसैगरी २० हजार ३ सय बढी नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या विश्वभरकै तथ्याङ्कमा करिब ३० प्रतिशत छ । अमेरिकामा गत जनवरी २१ मा कोरोनाको पहिलो संक्रमित फेला परेका थिए ।

संक्रमित र मृत्यु हुनेको संख्या लगातार बढेको ब्राजिलमा विगत २४ घण्टामा १९ हजार बढी नयाँ संक्रमित थपिएका छन् भने १ हजार बढीको मृत्यु भएको छ । ब्राजिलमा मृतकको संख्या २५ हजार ५ सय नाघेको छ ।

यसैगरी दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोमा पनि मृतक र संक्रमितको संख्या बढ्दो छ । एक दिनमै मेक्सिकोमा ५ सय बढीको मृत्यु भइसकेको छ । कोरोनाबाट विश्वभर संक्रमितको संख्या ५७ लाख ८० हजार भन्दा बढी पुगेको छ भने ३ लाख ५६ हजार बढीको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्