दार्चुलामा पनि कोरोना संक्रमित भेटिए

दार्चला – दार्चुलामा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरका अनुसार संक्रमित व्यक्ति महाकाली नगरपालिका–६ का स्थानीय बासिन्दा हुन् । उनी भारतको दिल्लीबाट आएका थिए । यहि जेठ ८ गते उनी नेपाल भित्रिएका हुन् । उनलाई महाकाली नगरपालिकाको महेन्द्र नमुना माविको क्वारेन्टाइनमा राखिएको थियो । क्वरोन्टाइन स्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । थप निर्णय गर्न बैठक बस्ने कुँवरले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्