मरेपनि जनतासँग, बाँचेपनि जनतासँग बाँचिन्छ : वडाध्यक्ष महरा

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका-८ मा क्वारेन्टाइन व्यवस्थापनलाई तीव्र पारेकाे छ ।
बुधबार उपहार खबरसँग कुराकानी गर्दै वडा अध्यक्ष बहादुर सिँह महराले क्वारेन्टाइन व्यवस्थापनलाई तिब्रताका साथ अघि बढाएकाे प्रष्ट पारे ।

विदेशबाट स्वदेश फर्केकाहरूलाई सुरक्षितका साथ क्वारेन्टाइनमा वस्ने व्यवस्था मिलाएकाे छ । क्वारेन्टाइनमा बसेकाहरू काेरनाकाे महामारीबाट अझै सुरक्षित हुन भन्ने उद्देश्यले बुधबार वडा अध्यक्ष महराले एन-९५ मास्क समेत वितरण गरेका छन् । “यस्ताे महामारीकाे बेला रातदिन खटिनु भएकाे छ तपाई डराउनु भएकाे छैन ? भन्ने उपहार खबरले साेधेकाे प्रश्नमा वडाध्यक्ष महराले मरे पनि जनतासँग मरिन्छ, बाँचे पनि जनतासँग बाँचिन्छ, मैले हिम्मत हार्याे भने अरूकाे कसरी मनाेबल बढ्छ ’’ उनले भने ।
शुक्लाफाँटा नगरपालिका-८ काे बेल्डाँडीमा रहेकाे सामुदायिक विद्यालयमा व्यवस्थित क्वारेन्टाइन तयार गरेकाे छ । उक्त क्वारेन्टाइनमा बुधबारसम्म ३५ पुरूष र १ महिला गरि ३६ जना रहेका छन ।
सुरक्षालाई मध्यनजर गर्दै क्वारेन्टाइनमा क्वारेन्टाइन स्थल सुरक्षा विशेष कार्यदल पनि परिचालन गरेकाे छ । वडा कार्यालयले भारतबाट नेपाल फर्किने वडावासीलाई व्यवस्थित रूपमा सवारी साधनकाे व्यवस्था गरेर सुरक्षित तवरले क्वारेन्टाइनमा राख्दै आएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्