गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार ६ हजार बढी नेपाली स्वदेश भित्रिए

File Photo

कैलाली – सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ७९६ छन् । कञ्चनपुरको गड्डा चौकी नाकाबाट एक हजार ५८६ नेपाली नेपाल भित्रिएका छन् । भित्रिएका नागरिक सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लालगायत अन्य जिल्लाका हुन् ।

कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतीवडाका अनुसार पछिल्लो समय गड्डाचौकी नाका भएर नेपाल भित्रिनेको सङ्ख्या बुधबारसहित करिब आठ हजार पुगेको छ ।

त्यसैगरी, गौरीफन्टा नाका भएर नेपाल भित्रिनेको सङ्ख्या करिब २४ हजार पुगेको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएको छ ।

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको लकडाउनका कारण भारतमा खान बस्नको समस्या भएपछि घर फर्कनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्