कोरोनाको कारण ललिपुरमा एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

सांकेतिक तस्बिर

काठमाडौं – ललितपुरका एक पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।
बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ । मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए । ​

मृतकको शव अस्पतालमै रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । औपचारिक घोषणा हुन भने बाँकी छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्