ट्रम्पसँग तुलना गर्दै सामाजिक सञ्जालमा भाइरल बनेको भैंसीलाई चिडियाखानामा राखिने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गर्दै सामाजिक सञ्जालमा भाइरल बनेको एक अल्बिनो भैंसीलाई अब बंगलादेशको चिडियाखानामा राखिने भएको छ ।

रोयटर्सका अनुसार ३८ वर्षीय मालिक जिया उद्दीन मृदाले बिक्री गरेपछि नयाँ मालिकले इदका अवसरमा भैंसी काट्ने तयारी गरेका थिए । तर, सामाजिक सञ्जालमा अत्यधिक चर्चा भएपछि सरकारी अधिकारीहरूले अन्तिम समयमा हस्तक्षेप गर्दै भैंसीलाई काट्नबाट जोगाएका हुन् । झन्डै ७ सय केजी तौल भएको उक्त भैंसीका तस्वीर सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका छन् । धेरै प्रयोगकर्ताले यसको कपाल र टाउकोको बनावट अमेरिकी राष्ट्रपति ट्रम्पसँग मिलेको भन्दै ‘डोनाल्ड ट्रम्प’ नाम दिएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार जनचासो र सुरक्षाको कारण देखाउँदै भैंसीलाई संरक्षण गर्ने निर्णय गरिएको हो । अब यसलाई ढाकास्थित राष्ट्रिय चिडियाघरमा राखेर सर्वसाधारणका लागि अवलोकन खुला गरिनेछ । भैंसीका पूर्व मालिक मृदाले यसअघि दिएको प्रतिक्रियामा आफ्नो भाइले मजाकमै यसको नाम ‘डोनाल्ड ट्रम्प’ राखेको बताएका थिए । उनका अनुसार अल्बिनो भैंसी दक्षिण एशियामा दुर्लभ मानिन्छन् ।

त्यस्तै बंगलादेशमै अर्को ७ सय ५० किलो तौलको भैंसी पनि सामाजिक सञ्जालमा चर्चित बनेको छ । प्रयोगकर्ताहरूले त्यसलाई ‘बेन्जामिन नेतान्याहू’ को नामसँग जोडेर ‘बेन्जामिन नेतान्याहू’ नाम दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्