आगामी आवको बजेट प्रस्तुत भोलि अपराह्न ४ बजे

काठमाडौं- आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १५ गते बस्ने संयुक्त बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई दिउँसो ३:४५ बजेभित्र उपस्थित भइसक्न सूचित गर्नुभएको हो ।

नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर सोही दिन बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्