कोरोनाले आमा गुमाएको बच्चाको पोषणका लागि अमेरिकादेखि खतिवडाले दिए ५१ हजार रुपैयाँ सहयोग

सुशील सुवेदी
सिन्धुपाल्चोक – पहिलो कोरोना संक्रमणका कारण ज्यान गुमाएको र आफ्नै जिल्लाको चेली भएकाले नावालक बच्चाको लागि आफूले आर्थिक सहयोग गरेको दिनेश खतिवडाले बताए ।

वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालसँगको सम्वन्वयनमा आफूले आर्थिक सहयोग गरेको खतिवडाले बताए । अमेरिकामा बस्दै आएका मेलम्ची नगरपालिका–११ का खतिवडाले आमा गुमाएका बच्चालाई पोषण र हेरचाहका लागि आर्थिक सहयोग गरेको बताए । खतिवडाले दिएको रकम परिवारका सदस्यलाई हस्तान्तरण गरिने मन्त्री दुलालले बताए ।
महिलाको गत विहिबार कोरोनाका कारण मृत्यु भएको थियो । यसअघि शिशुका लागि पूर्वमन्त्री मोहन बहादुर बस्नेतले ५० हजार नगद सहित विभिन्न सहयोग गर्ने घोषणा गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्