कोरोना परीक्षण गराउन १५ हजार रेट तोकीएको छैन, समाचार गलत: मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना तोडमोग गरि बनाएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
बुधबार डा. गुणराज लोहनीले एक विज्ञप्ति जारी गर्दै केही अनलाइन मिडियाहरुले सूचना तोडमोड गरेर कोरोना परीक्षणका लागि १५ हजार रेट तोकिएको समाचार प्रकाशन बारे गम्भी ध्यानाकष्र्ण भएको बताए छन् । उनले मन्त्रालयले कुनै दररेट नतोकको पनि स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, “राज्यको चौथो अंगको रुपमा मानिएका पत्रकारहरुले यस्तो संकटको घडीमा सही सन्देश मात्र प्रवाह गर्न अनुरोध छ, अन्यथा यसरी पटक–पटक भ्रम पूर्ण समाचार सम्प्रेसण गरि समाजमा उत्तेजना फैलाउने कार्य भएमा कानुन बमोजिम कडा कारवाही गरिने व्यहोरा समेत यसै सूचना मार्फत अवगत गराउदछु ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्