श्री देवी हार्डवेयरद्वारा मेलम्ची नगरको कोरोनारोकथाम कोषलाई १ लाख १० हजार सहयोग

सुशील सुवेदी
सिन्धुपाल्चोक – श्री देवी हार्डवेयर प्रा.लि. मेलम्चीले मेलम्ची नगरपालिकाको कोरोना संक्रमण रोकथाम कोषमा रु १ लाख १० हजार रकम जम्मा गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगपालिकाले खडा गरेको कोरोना संक्रमण रोकथाम कोषमा बुधबार सो रकम सहयोग गरेको श्री देवी हार्डवेयर प्रा.लि. मेलम्चीका सञ्चालक तथा युवा व्यवसायी जनकलाल श्रेष्ठले जानकारी दिए ।

२५ लाखबाट सुरु गरिएको उक्त कोषमा यस अघि विभिन्न व्यक्ति, संस्था र राजनैतिक दलहरुले रकम जम्मा गराएका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत विपत्तिको यस घडिमा सहयोग गर्नु सबैको उत्तरदायित्व रहेको उनले बताए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्