जेठ १५ गते देखि तीन दिनका लागि प्रभु बैंकका सबै सेवा बन्द हुने, सफ्टवेयर प्रतिस्थापन गर्दै (सूचना सहित)

काठमाडौं – प्रभु बैंकले जेठ १५ गते बिहीबार साँझदेखि आइतबार बिहानसम्म सबै सेवा बन्द हुने जनाएको छ । बैंकले नयाँ सफ्टवेयर प्रयोगमा ल्याउन लागेकाले सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।

बैंकले अहिले प्रयोग गर्दै आएको सफ्टवेयर प्रतिस्थापन गर्ने प्रयोजनका लागि सेवा बन्द गर्न लागेको हो । योबीचमा कुनै पनि सेवा उपलब्ध नहुने बैंकले जनाएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै केही समयलाई सेवा बन्द हुने जानकारी गराएको हो ।

बैंकले पुमरी सफ्टवेयरको साटो फिन्याकल सफ्टवेयर प्रयोग गर्न लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्