थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७

काठमाडौं – नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा थप २५ जनामा संक्रमण भएको जानकारी दिए । थप संक्रमित धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको संख्या ४२७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्