फौजी कीराले मकैबालीमा क्षति

सुशील सुवेदी
सिन्धुपाल्चोक – फौजी कीराले सिन्धुपाल्चोकका कृषकले लगाएका मकै बालीमा क्षति पुगेको छ । करिब पाँच हजारभन्दा बढी रोपनीमा लगाइएको मकै बाली फौजी किराले नष्ट भएको हो । जिल्लाका १२ वटा नै स्थानीय तहले दिएको जानकारी अनुसार पाँच हजार रोपनी बढी क्षेत्रफलमा लगाइएका मकैबाली नष्ट भएको छ ।

फौजी किरा, संखेकिरा, जुसिलकिरा, पतेरो, किर्थो लगायतका किरा फट्याङ्ग्राले मकैबालीमा क्षति पुगेको लामोसाँघुका स्थानीय बलदेव श्रेष्ठले जानकारी दिनुुभयो । बलेफी गाउँपालिका ८ मा रहेकोे लामोसाँघु, मेलम्ची, बाह्रबिसे फाँट लगायतका खेतबारीमा लगाइएको मकैबालीमा क्षति पुगेपछि किसानहरु चिन्तित हुन थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्