काठमाडौँ महानगरका ३१ जना कर्मचारीको आरडीटी रिपोर्ट पोजेटिभ

काठमाडौं – काठमाडौं महानगरपालिकाका वातावरण विभागमा कार्यरत ३१ जना सफाई कर्मचारीमा कोरोनाभाइरसको आशंका गरिएको छ । उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभागले जनाएको छ ।

महानगरका अनुसार शुक्रबार महानगरपालिकाका ९३२ सफाई कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । शुक्रबार ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरको रिपोर्ट भने आउन बाँकी रहेको महानगरले जनाएको छ । यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए–नभएको पुष्टि हुनेछ ।

कोरोनाका संकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्