निर्यातमूलक उद्योगलाई सहुलियत, फलाम र पेट्रोलियम पदार्थको उत्पादन गरिने

File Photo

काठमाडौँ – सरकारले नेपालभित्र उच्च उत्पादकत्व भएका उद्योग तथा देशलाई आत्मनिर्भर बनाउने र निर्यातमूलक उद्योगलाई सहुलियत दिने भएको छ । आगामी आवको नीति तथा कार्यक्रममा त्यस्ता उद्योग विस्तार गर्ने गरी सरकारले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र विस्तार तथा विकासका लागि पूर्वाधार विकासमा जोड दिईएको छ ।

राष्ट्रपति भण्डारीले ४५ स्थानीय तहमा अद्यौगिक क्षेत्र निर्माणको चरणमा रहेको जानकारी दिदै सातै प्रदेशका निश्चित स्थानहरूमा यसका लागि पूर्वाधार तयार गर्ने काम भइरहेको उल्लेख गरिन् ।

सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योग संस्थानमा नीजि क्षेत्रको स्वदेशी कच्चा पदार्थ खपत गर्ने तथा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाइ प्रवर्दन गर्ने नीति सरकारले अख्तियार गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश र स्थानीयतहसँगको समन्वयमा कृषि तथा गैरकृषि उत्पादन तथा प्रसोधन गर्ने तथा रोजगारी सिर्जना गर्न साना तथा लघु उद्यम प्रवर्द्धन गर्ने अभिप्रेरित गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

लगानी प्रवर्द्धन गर्न सहयोग पु¥याउन उद्योग विभाग परिसरमा खोलिएको एकल विन्दू सेवा केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक अधिकार उपलब्ध गराइने र यसलाई पूर्णतया सूचना प्रविधिमा आधारित गराईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कम्पनी दर्ता तथा खारेजीको झन्झटलाई घटाउन र छिटो छरितो हुने गरी सूचना प्रविधि प्रयोग गरिने उल्लेख छ ।

खानी अध्ययनलाई अझै अगाडि बढाउने भन्दै नवलपरासीको धौवाधीमा आगामी आवभित्र फलाम उत्पादन गर्ने लक्ष्य राखिएको छ । देशका १० स्थानमा पेट्रोलियम उत्खनन अध्ययन शुरु गरिएकोमा दैलेखमा आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्