राष्ट्रपति ट्रम्पको चीन भ्रमणको तयारी, सी जिनपिङसँग व्यापार केन्द्रित फोनवार्ता

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने तयारी गर्नुभएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको फोनवार्तापछि भ्रमणको सकारात्मक वातावरण बनेको बीबीसीले जनाएको छ।

यो वार्ता अमेरिका–चीनबीच गएको फेब्रुअरीमा सुरु भएको व्यापार युद्धपछि पहिलोपटक भएको उच्चस्तरीय संवाद हो। ट्रम्प प्रशासनको पहलमा भएको वार्तामा दुई नेताबीच करिब डेढ घण्टा कुराकानी भएको थियो, जसमा मुख्य रूपमा व्यापारसम्बन्धी मुद्दाहरू उठाइएको बताइएको छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत वार्ता फलदायी भएको भन्दै दुवै देशका लागि सकारात्मक परिणामहरू आएको जनाएका छन्। यता, राष्ट्रपति सीले अमेरिकाले चीनविरुद्ध लिएका ‘नकारात्मक व्यवस्थाहरू’ फिर्ता लिनुपर्ने माग राखेका छन्।

यसअघि अमेरिका र चीनले एकअर्काको सामानमा उच्च कर लगाउने निर्णय गरेका थिए – अमेरिकाले १४५ प्रतिशतसम्म र चीनले १२५ प्रतिशतसम्म। तर, जेनेभामा भएको सम्मेलनमा दुवै देशले अस्थायी रूपमा कर घटाएर क्रमशः ३० र १० प्रतिशत कायम राख्ने सहमति गरेका थिए।

हाल वार्ता र सहमतिका माध्यमबाट तनाव कम गर्ने प्रयास भइरहेको छ। भ्रमणको मिति तय नभए पनि दुबै पक्ष सकारात्मक रहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्