काठमाण्डौ, जेठ २३ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले हङकङसँग गोलरहित बराबरी खेलेको छ। हिजो बेलुका सो कोन पोस्थित रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल ०–० मा टुंगिएको हो।
यो खेल नेपालले हङकङसँग ३७ वर्षपछि खेलेको हो। सन् १९८८ मा काठमाडौंको दशरथ रंगशालामा भएको खेल पनि बराबरीमा टुंगिएको थियो।
हङकङले नेपालसँगको मैत्रीपूर्ण खेल २०२७ एएफसी एशिया कप छनोटको तयारीस्वरूप आयोजना गरेको हो। छनोटको दोस्रो खेलमा हङकङले भारतसँग खेल्नेछ भने नेपालले लाओसको सामना गर्नेछ।
समूह ‘सी’ मा रहेको हङकङले पहिलो खेलमा सिंगापुरसँग पनि गोलरहित बराबरी खेलेको थियो। नेपाल भने मलेशियासँग २–० ले पराजित भएको थियो।
हाल फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा रहेको छ भने हङकङ १५३ औं स्थानमा छ, अर्थात् नेपालभन्दा २२ स्थान अगाडि रहेको छ।