काठमाडौँ – भारतमा एकै दिन ३ हजार कोरोना कोरोना संक्रमित भेटिएका छन् ।
वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा एकै दिनमा २९ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ । पछिल्लो २४ घण्टामा यो भाइरसबाट यहाँ १२७ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा ज्यान गुमाउनेको संख्या १६ सय ९३ पुगेको छ । कोरोना भाइरसबाट दक्षिण एसियामा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो ।
भारतमा कोरोनाः संक्रमितको संख्या ५० हजार नजिक, १६ सय भन्दा धेरैको मृत्यु
