कोशी अस्पताल उपचाररत कोरोना संक्रमित मध्ये ६ जना डिस्चार्ज, १४ दिन क्वारेन्टाइनमा राखिने

मोरङ – कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः ६ जनाले कोरोना भाईरस परास्त गरेपछि बुधबार डिस्चार्ज गरिएको छ । कोरोना संक्रमणपछि गत बैशाख ५ र ६ गते अस्पताल भर्ना भएका उनीहरु डिस्चार्ज भएका हुन् ।

उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा अझै पोजेटिभ देखिएपछि उनीहरुको अस्पतालमै राखेर उपचार भईरहेको छ । अस्पतालले १३ जना संक्रमित अस्पताल भर्नापछिको १४ दिनमा पहिलो स्वाब गत शुक्रबार संकलन गरेको थियो । पहिलो स्वाबमा ६ जनामा नेगेटिभ र ७ जनामा पोजेटिभ देखिएको थियो । त्यसपछि दोस्रो र तेस्रो स्वाब संकलन गरेर परीक्षण गर्दा समेत ६ जनामा नेगेटिभ नै देखिएपछि उनीहरुको डिस्चार्ज गर्न सिफारिस गरिएको फिजिसियन डा.दिपक सिग्देलले बताए ।
उनका अनुसार डिस्चार्ज भएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । उनीहरु भारतीय नागरिक भएका कारण विराटनगर रानीस्थित मदर्सामा राखेर अवस्था निगरानी गरिने भएको छ । सामान्य अवस्था रहिरहे १४ दिनपछि एउटा आरडिटी परीक्षण गरेर उनीहरुलाई कोरोना भाइरस मुक्त प्रमाणपत्र दिइने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्