भारतीय क्वारेन्टाइनमा नेपालीहरुको विचल्ली, भारतीय अधिकारीद्वारा दुर्व्यवहार (भिडियो सहित)

काठमाडौँ – भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरुको विचल्ली भएको छ ।
सामाजिक संञ्जाल फेसुबुकमा अपलोड गरिएको भिडियो अनुसार नेपालीहरु भारतको हल्द्वानी भन्ने ठाउँमा क्वारेन्टाइनमा बसेका छन् । तर क्वारेन्टाइनमा बसेको १५ दिन भइसक्यो अब भारत सरकारले पाल्न सक्दैन तपाईहरु आफ्नो देश फर्किनुहोस् भनेर भारतीय अधिकारी एक महिलाले भनेकी छिन् । तर उनीहरु लकडाउनको समयमा कहाँ जाने, अझै केहिदिन बस्न दिन आग्रह गरिरहेका छन् । भारतीय अधिकारीहरुले भनिरहेका छन्, “यति दिन सम्म भारत सरकारले पालिसक्यो अब सक्दैन, भारत सरकारसँग कहाँबाट आउँछ पैसा, तपाईहरुलाई हामीले लिएर आएका हौँ र, पैसा कमाउन आउनुभएको हो नेपाल सरकारलाई भन्नुहोस् आफ्नो देश जानुहोस् ।”

भिडियो श्राेत: ललिता बोहराको फेसबुलकबाट 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्