तातोपानी भन्सारले विभिन्न व्यक्तिहरुसँग छलफल गर्दै

सुशील सुवेदी
सिन्धुपाल्चोक – आज तातोपानी भन्सारले उद्योग वाणिज्य संघ, नेपाल सिमापार व्यापार संघ, बाह्र्बिसे नगरपालिकाका मेयर, भोटेकोशी गाउँपालिकाका अध्यक्षलगायत विभिन्न व्यक्तिहरुसँग छलफल गर्दैछ ।

तातोपानी सुख्खा बन्दरगाहमा आइपुगेका स्याउ र लसुनका कन्टेनर विवादकाबीच हिजो काठमाडौं पठाइएको छ । आइतबार चीनबाट नेपाल ल्याइएका लसुन र स्याउका सात वटा कन्टेनर काठमाडौ पठाइएको भन्सार प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । हिजो तीनवटा लसुनका गाडी र चार वटा स्याउका कन्टेनर काठमाडौं पठाइएको हो ।

स्थानीयले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्छ भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै हालतमा काठमाडौं जान नदिने बताउँदै भन्सार गेटमा धर्ना दिएका थिए । आगामी दिनमा कसरी अघि बढ्ने सल्लाह गर्छौ भनेपछि कन्टेनरहरु सहज रुपमा जान दिएको प्रमुख खत्रीले बताए ।

आज छलफलबाट आगामी दिनमा स्वास्थ्य सामग्री बाहेक अरु ल्याउन के गर्ने भन्ने विषयमा निर्णय गरिने बताईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्