आज नेकपा सचिवालय बैठक बस्दै, स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय हुने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार अपरान्ह बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधरबा दिउँसो तीन बजे बैठक बस्ने बताइएको छ । बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बस्न लागको हो । बैठकले स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

पार्टीलाई एक ढिक्का बनाएर लैजाने २० बैशाखमा बसेको सचिवालयले निर्णय गरे पनिस्थायी समितिमा कुन कुन विषयलाई छलफलका एजेण्डा बनाउने भन्नेमा शीर्ष नेताहरुबीच एकमत हुन सकेको छैन । कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी समितिका एजेण्डा बनाउने जिम्मेवारी पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्