साँस्कृतिक समाज नेपालले भाद्र २९ गते स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव गर्ने

काठमाडाैं – साँस्कृतिक समाज नेपालको आयोजनामा यहि भाद्र २९ गते स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुने भएको छ। सांस्कृतिक समाज नेपालका अध्यक्ष एवंम गायक राम प्रसाद अवस्थीको अध्यक्षता नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडाैँमा कार्यक्रमको आयोजना हुदैँछ ।

सुदूरपश्चिम र कर्णालीको भाषा, साहित्य र सङ्गीतलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सवको आयोजना गरिएको अध्यक्ष अवस्थीले जानकारी दिए।

सुदूर कर्णालीका विभिन्न लोक नृत्य तथा गायन प्रतिभाहरुको प्रस्तुती समेत उक्त कार्यक्रममा रहने बताइएको छ। दोस्रो संस्करणको रुपमा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा गत वर्ष जस्तै यो वर्ष पनि विभिन्न विधाबाट पहिचान बनाउन सफल सुदूरपश्चिम र कर्णालीका स्रष्टाहरूलाई अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ ।

नेपाल प्रज्ञा प्रतिस्ठानको हलमा हुने उक्त कार्यक्रममा विभिन्न तह र तप्काका व्याक्तिहरुको उपस्थिति समेत रहने जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्