कोरोना संक्रमित गर्भवति प्रेमिकाको बारेमा लगातार सोधिरहन्छन् बेलायतका प्रधानमन्त्री जोन्सन

British Prime Minister Boris Johnson and his girlfriend Carrie Symonds at the Conservative Party Conference in 2019. The couple are engaged and expecting their first child.

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको कार्यालयले प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिएको छ ।

५५ वर्षीय बोरिस जोनसोनलाई कोरोनाभाइरस संक्रमित पाइएको १० दिनपछि गत आइतबार अस्पताल भर्ना गरिएको थियो । त्यहाँ आइसीयूमा तीन दिन बिताएपछि बिहिबार उनलाई साधारण वार्डमा सारिएको छ ।

उनको कार्यालयले दिएको जानकारी अनुसार अस्पतालमा पनि उनी आफ्नी गर्भवती प्रेमिका क्यारी साइमण्ड्ससँग लगातार सम्पर्कमा छन् र उनको गर्भवस्थाको स्क्यान प्राप्त गरिरहेका छन् ।

क्यारीमा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि क्वारेटाइनमा बसिरहेकी छिन् ।

बेलायती प्रधानमन्त्री अस्पतालमा फिल्म हेरेर र सुडोकु सुल्झाएर समय बिताइरहेको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्