अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, ५ लाख ३२ हजार भन्दा बढी संक्रमित

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या २० हजार नाघेको छ ।

वल्र्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको कारण २० हजार पाँच सय ७७ जना मानिसको मृत्यु भइसकेको छ । अमेरिकाको न्युयोर्क राज्यमा मात्र आठ हजार छ सय ३८ जनाको मृत्यु भइसकेको छ । न्युयोर्कमा समग्र संक्रमितको संख्या पनि एक लाख ८१ हजार नाघेको छ ।

यससँगै अमेरिका कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा अग्रस्थानमा पुगेको छ । इटालीमा अहिलेसम्म यो भाइरसको कारण १९ हजार चार सय ६८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ५ लाख ३२ हजार नाघेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर १७ लाख ८० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भन १ लाख ९ हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्