दार्चुलाबाट ४ सय ६० जनाको स्वाब परीक्षणका लागि काठमाडौँ लगियो

दार्चुला – शनिबार दार्चुलाका ४ सय ६० जनाको स्वाब कोरोना परिक्षणका लागी काठमाण्डौँ लगिएको छ ।

भारत तथा तेस्रो मुलुकबाट दार्चुला आएका स्थानीयहमा कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न स्वाब संकलन गरिएको हो ।शनिबार नेपाली सेनाको हेलिकप्टरबाट स्वाब संकलनको लागि स्वास्थ्यकर्मीको टोली दार्चुला पुगेको थियो ।
दार्चुलाका नौ वटै स्थानीय तहका ५ सय १० जनाको स्वाब परीक्षणकालागि संकलन गरिने तयारी गिरएको भए पनि सेल्फ क्वारेन्टाइनमा बसेका केहि व्यक्तिहरु संकलन केन्द्र नआउँदा ४ सय ६० जनाको मात्रै स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्