बझाङमा ४ सय २६ जनाको स्वाब परीक्षण, रिपोर्ट नेगेटिभ

बझाङ – कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला बझाङमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ४ सय २६ जना को स्वाब परीक्षण गरिएको छ । शनिबार जिल्लामा ३५ वटा क्वारेन्टाइनमा रहेका ४ सय २६ जना को स्वाब परीक्षण गरिएको हो ।

जिल्लाको जयपृथ्वी नगरपालिकामा ५, बुङगल नगरपालिकामा १ सय ७८,मष्टा गाउँपालिकामा २, बित्थडचिर गाउँपालिकामा ६९ , छबिसपाथिभेरा गाउँपालिकामा २६, केदार स्युँ गाउँपालिकामा ५५, थलारा गाउँपालिकामा ९१ जनाको स्वाब परिक्षण गरीएको जिल्ला जन स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । उनले भने शुक्रबार र शनिबार गरी दुई दिनमा क्वारेन्टाइनमा बसेका सबैको किट मार्फत स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ रहेको बताए ।

जिल्लामा रहेका स्थानीय तहहरुले भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनकोे व्यवस्था गरेका थिए । भारतबाट आएका केहि मानिसहरु मात्र क्वारेन्टाइनमा बसेका र केहि मानिसहरु आ– आफ्नो घरतिर गएका छन । जिल्लामा झण्डै १ सय जना कोरेन्टाइनबाट भागेको हुँदा उनीहरुकोे पहिचान गरी स्वास्थ्य परीक्षण गर्नुपर्ने देखिन्छ ।
रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्