काठमाडाैं – माण्डु हाइड्रोपावरको आइपीओ आज ९आइतबार० बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख २० हजार ५३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकोमा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।
योग्य ८ लाख ७२ हजार ८३७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म प्रिमियम मूल्यमा आइपिओ बिक्री गरेको थियो। नजिता हेर्न प्रभु क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट हेर्न सकिन्छ।