चौतारा साँगाचोकगढी नपा कोरोनाप्रति सतर्क हुँदै

सुशील सुवेदी
सिन्धुपाल्चोक – विश्वव्यापी रुपमा संक्रमण फैलदैं गरेको कोरोना भाइरस (कोभिड १९) प्रति चौतारा साँगाचोकगढी नगरपालिकाले सतर्कता अपनाएको छ ।

शनिबार कार्यपालिकाको बैठकले नगरपालिकासहित देशमा यो भाइरस फैलन नदिन विधिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका मेयर अमानसिंह तामाङको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाका १४ वटै वडामा प्रति वडा हालका लागि एक हजार मास्क स्थानीय स्तरबाटै उत्पादन गरि वितरण गर्ने निर्णय गरेको छ । मास्क अपुग भएमा आवश्यकता हेरि थप उत्पादन गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

शनिबार बैठकले चौतारा साँगाचोकगढी नगरपालिका भित्र कोरोना फैलन नदिनका लागि सबै वडामा सचेतनामूलक फ्लेक्स, व्यानर सार्वजनिक स्थानमा टाँस्ने र वडा कार्यालयले माइकिङ गर्ने निर्णय गरेको मेयर तामाङले जानकारी दिए ।
मेलचौरमा आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय सँगै चौतारा र जुगल महुमुखी क्याम्पसलाई पनि आइसोलेसन वार्डका रुपमा स्थापना गर्न आग्रह गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्