कोरोना रोकथाम गठित उच्चस्तरीय समिति बैठक सुरू

काठमाडौँ – कोरोनाभाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिको बैठक सुरू भएको छ ।

सिंहदरबारमा बैठक सुरू भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

विश्वभर महामारीको रूप लिएको कोरोनाभाइरसको संक्रमणबाट बच्न सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।
यसअघि सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ ।

स्रोतका अनुसार अबको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल हुने छ ।

सेताेपाटीकाे सहयाेगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्