गोरखा – गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा एक ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार रिपोर्ट आउँदा २४ वर्षकी उनमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार साउन १५ गते संक्रमित महिला सहित अन्य तीन जना ट्याक्सी रिजर्भ गरेर काठमाडौं गई सोही दिन गोरखा फर्किएका थिए ।
संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ संक्रमितलाई उपचारका लागि गोरखा अस्पतालको आइसोलेसनमा राखिएको छ ।