मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियो

सांकेतिक तस्बिर

कैलाली – कैलालीको मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ ।

आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मङ्गलबार फेला परेको हो ।

बगेको स्थानबाट झन्डै डेढ किलोमिटर पर दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्