“नारी बेदना” तीज गीत किन रुचाउछन दर्शक ? मनोरञ्जनसँगै सकारात्मक सन्देश पनि

नेपाली नारीहरुको महान चाड तीज नजिकिएसँगै बजारमा तीज गीतहरुको धुन सुनिन थालेको छ । लकडाउनको अन्त्यसँगै अब सानो समुह भएपनि तीज मनाउने र पारिवारिक जमघट गर्ने योजना बन्न थालेका छन् । महिलाहरुले ब्रतसँगै उल्लासमय ढंगले मनाउने तीजमा नृत्य समेत गर्ने गरेका छन् ।
यसैलाई मध्यनजर गर्दै नेपाली लोक तथा दोहरी गायक गायीकाहरुले तीज गीत बजारमा ल्याउने प्रयास पनि रोकिएको छैन् । नयाँ नयाँ शैलीमा दर्शकहरुको मन जित्नमा कटिवद्ध छन संगीतप्रेमीहरु । कुनै गीतहरु नयाँ नयाँ बजारमा आएपनि पुराना गीतहरुले पनि चर्चा पाएकै हुन्छ । सकारात्मक सन्देश दिने, सामाजिक एकता कायम राख्ने, लिङ्ग बिवेद, जातीय विबेद अन्त्य गर्ने ढंगका शब्द तथा लय रहेको गीतहरु भने बजारमा जति पुरानो भएपनि तीजको रौनकतासँगै गीत पनि घन्किने गरेको पाइन्छ ।
यस्तै नारी दुख, नारीको पीडा र समाजमा सकारात्मक सन्देश दिने नारी बेदना तीज गीत केहि बर्ष अगाडी बजारमा आएपनि गीतले भने चर्चा पाएको छ । सुदूरपश्चिमान्चल लोक संस्कृति संरक्षण मंच नेपालको प्रस्तुतिमा चादनी मल्लको तिज गित भाग २ “नारी वेदना” तीज गितको तेस्रो एल्बम हो । यो गित वल्ड कभर मिडिया तथा चादनी मल्लको आधिकारिक युट्युब च्यानल बाट दर्शकमाझ आएको हो ।
दिल कुमारी पन्तको शब्द तथा बिनोद बाजुरालीको संगीत रहेको उक्त नारी बेदना तीज गीतमा गायीका चाँदनी मल्ले स्वर दिएकी छिन् । उक्त गीतको निर्देशन नरेश रेग्मीले गरेका थिए भने शंकरसिँह चैँसेरीले सम्पादन गरेका थिए । गायिका चाँदनी मल्लको तीज गीतमा पहिलो चेलीको व्यथा, दोस्रो हे वरै नेपालको कानुन, तेस्रो नारी वेदना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्