भारतमा अत्यधिक गर्मी, लू लागेर १६ जनाको मृत्यु

AI Generated Image

भारतको तेलङ्गाना राज्यमा बढ्दो तापक्रमका कारण हीटस्ट्रोक (लू) बाट कम्तीमा १६ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै चार जनाको मृत्यु भएको हो । बारंगल अर्बन, करीमनगर र निजामाबादमा तीन–तीन जनाको ज्यान गएको छ भने जोगुलाम्बा गडवाल, रंगारेड्डी र सूर्यपेटमा एक/एक जनाको मृत्यु भएको जनाइएको छ ।

मौसम विभागका अनुसार तेलङ्गानामा तापक्रम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । राजधानी दिल्लीमा पनि अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । भारतीय सञ्चारमाध्यमले गर्मीका कारण चराहरू आकाशबाट बेहोस भएर जमिनमा खसेको उल्लेख गरेका छन् ।

हिजो परेको हल्का वर्षाले केही राहत मिलेको भए पनि अधिकारीहरूले सार्वजनिक स्थल र कार्यस्थलमा खानेपानी तथा दूधको व्यवस्था गर्न आग्रह गरेका छन् । राजस्थानमा पनि तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि केही स्थानमा विद्यालय बन्द गरिएको छ ।

भारतको मौसम विभागले दिल्ली, पञ्जाब, हरियाणा र चण्डीगढलगायत क्षेत्रमा अझै तापक्रम बढ्न सक्ने चेतावनी दिएको छ । विशेषज्ञहरूले देशका धेरै भागमा केही दिनसम्म अत्यधिक गर्मी र तातो हावाको लहर जारी रहने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्