नेकपा पांचपोखरी थाङपाल-६ नम्बर कमिटिद्वारा सहयोग हस्तान्तरण

सुशील सुवेदी

सिन्धुपाल्चोक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) पाँचपोखरी थाङपाल गाउँपालिका-६ नम्बर वडा कमिटिको सक्रियतामा पाँचपोखरी थाङपाल गाउँ पालिकाद्वारा स्थापित प्रकोप ब्यबस्थापन कोषमा रु ५०१००(पचास हजार एक सय मात्र ) हस्तान्तरण गरिएको छ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा आफ्नो छोटो मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष टासी लामाले कोषमा विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग प्राप्त भएको तर कसैलाई सहयोगको आवह्वान नगरिएको बताए । साथै उक्त हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सहयोग रकमको पुर्ण सदुपयोग गरिने र समय समयमा गाउँपालिकाको वेबसाईट मार्फत खर्च सार्बजनिक गरिने प्रतिबद्धता ब्यक्त गरे । उक्त सहयोग रकमको चेक हस्तान्तरण वडा कमिटीका अध्यक्ष नारायण भट्टराई र सचिब दिल बहादुर वाईबाको उपस्थितिमा गरिएको र विभिन्न महानुभाबहरुको उपस्थिती रहेको जानकारी नेकपा जिल्ला कमिटी सदस्य एबम गाउँपालिका कमिटी सह ईन्चार्ज निर्मल बन्जाराले जानकारी गराए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्