ईन्द्रवती गाउँपालिका- ४ नवलपुर सिल

सुशील सुवेदी

सिन्धुपाल्चाेक – इन्द्रावती गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नवलपुर बजार र आसपासका क्षेत्र सिल गरिएको छ । आइतबार गाउँपालिका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा बसेको गाउँपालिकास्तरीय कोरोना भाइरस  रोकथाम तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाले इन्द्रावती-४ मा एक शंकास्पद बिरामीको आरडिटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि अर्को सुचना नभएसम्मका लागि अत्यावश्यक बाहेक सबै सवारीसाधन तथा ब्यक्तिको आवागमनमा समेत रोक लगाइएको विज्ञप्ति मार्फत जानकारी गराएको छ । शंकास्पद बिरामी भरतपुर क्यान्सर अस्पतालमा आफ्नो आफन्तको उपचारका क्रममा कुरुवा बसेर हालसालै फर्केको स्रोतले बतायो । भरतपुर बाट फर्केको बिरामीको रिपोर्ट पोजेटिभ न देखिएको तर कुरुवा को चाहिँ देखिएकोले निजको उपचारका लागि तत्काल मेलम्चीस्थित आइसोलेसन वार्डमा पठाइ पिसिआर परिक्षण गरीने पनि गाउँपालिकाले जनाएको छ । यसका साथै सो क्षेत्रमा इन्द्रावती गाउँपालिकाको कार्यालय समेत रहेकोले अर्को सुचना नभएसम्मका लागि गाउँपालिका तथा गाउँपालिका सँग सम्बन्धीत सम्पुर्ण कार्यालयहरु पुर्ण रूपमा बन्द रहने गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्