आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

फाइल फोटो

काठमाडौं – आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

कोरोेना रोकथाम तथा नियन्त्रणमा भइरहेको कार्यप्रगति र आगामी दिनमा अपनाउनुपर्ने भूमिका र बजेटका विषयमा छलफल गर्न आइतबार बिहान अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद् बैठकको समय तय गरेर त्यही अनुसार मन्त्रीहरुलाई खवर गरिएको थियो । तर, दिउँसो फेरि आजको बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको सूचना आएको एक मन्त्रीले जानकारी दिए । तर किन बैठक सारियो भन्नेबारे खुलाइएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्