नेकपाले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनायो

काठमाडौँ-  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कालिकोटबाट प्रतिनिधिसभा सदस्यका लागि पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले शाहीलाई टिकट दिएको हो। यसअघि कालिकोटबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकल सिफारिस गरिएको थियो। तर प्रचण्डले रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेपछि कालिकोटमा नयाँ उम्मेदवार चयन प्रक्रिया अघि बढाइएको थियो।

प्रचण्ड कालिकोटबाट नलड्ने भएपछि ११ जना आकांक्षी देखिएका थिए। विस्तृत छलफलपछि अन्तिम रूपमा महेन्द्रबहादुर शाहीलाई नै उम्मेदवार बनाइएको नेकपाकी नेतृ विमला केसीले जानकारी दिइन्। शान्ति प्रक्रिया सुरु भएपछि २०६४ सालयता कालिकोटमा साविक माओवादी धारले निरन्तर रूपमा चुनाव जित्दै आएको छ। २०६४ सालको निर्वाचनमा माओवादीका खड्गबहादुर विश्वकर्माले यस क्षेत्रबाट चुनाव जितेका थिए। त्यसयता महेन्द्रबहादुर शाहीले लगातार चुनाव जित्दै आएका छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि शाही विजयी भएका थिए।

२०७४ सालको निर्वाचनमा शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेर विजयी भएका थिए। उनले करिब तीन वर्ष कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०७९ सालको निर्वाचनमा भने उनले प्रतिनिधिसभा सदस्यका रूपमा चुनाव जितेका थ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्