एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

default

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिनेछन्।

आजको पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।

त्यस्तै, आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ।

एनपीएलका खेलहरूमा दर्शकको आकर्षण बढ्दै गएको छ। आजका दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्