काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। सोमबार बिहान साढे ८ बजे बस्ने गरी बैठक बोलाइएको हो।
बैठक सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पछिल्लो राजनीतिक परिस्थिति तथा संसद्मा पार्टीले निर्वाह गर्ने भूमिकालगायत विषयमा छलफल हुने बताइएको छ।




