अमेरिकामा पहिलो पटक नेपाली देउडा गीत रेकर्ड

काठमाडौं — अमेरिकामा पहिलो पटक नेपाली देउडा गीत रेकर्ड गरिएको छ। गायक/गायिका चाँदनी मल्लले २०२५ जुलाई ११ तारिखमा अमेरिकाको बाल्टिमोरस्थित Raaga RL Studio मा आफ्नो देउडा गीत रेकर्ड गर्दै नेपाली सांस्कृतिक इतिहासमा नयाँ अध्यायको सुरुवात भएको बताएकी छन्।

चाँदनी मल्लले यो क्षणलाई व्यक्तिगत मात्र नभई सांस्कृतिक गर्वको विषय भएको उल्लेख गर्दै भनिन्, “यो केवल मेरो उपलब्धि मात्र होइन, हाम्रो समृद्ध सांस्कृतिक परम्परालाई विश्वमा चिनाउने एउटा प्रयास हो।”

उक्त गीतमा चन्दनी मल्लसँगै आशा शाही, महेन्द्र शाही र शंकरसिंह बिष्टको स्वर समावेश छ। गीतको शब्द महेन्द्र शाही र शंकरसिंह बिष्टले लेखेका हुन् भने संगीत महेन्द्र शाही रसकोटीले दिएका छन्।

मल्लले नेपाल र अमेरिकामा देउडा गीत रेकर्ड गर्ने क्रममा सघाउने सबैलाई आभार व्यक्त गर्दै यो गीतलाई आफ्नो YouTube Channel ‘Chandani Malla’ मार्फत सार्वजनिक गरेको जानकारी दिएकी छन्।

उनले यो ऐतिहासिक क्षणलाई नेपाली संस्कृति संरक्षण र प्रवर्द्धनमा एउटा महत्वपूर्ण उपलब्धि भन्दै विश्वभरका नेपालीलाई समर्थन र मायाका लागि धन्यवाद पनि दिएकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्