मनोज सिँह धामीको नयाँ गीत ‘मलाई त टिकटकले भाइरल बनायो’ सार्वजनिक

काठमाडौं — गायक मनोज सिँह धामीको नयाँ तीज गीत ‘मलाई त टिकटकले भाइरल बनायो’ सार्वजनिक भएको छ। टिकटकमा भाइरल हुने युवा पुस्ताको वर्तमान सामाजिक कथा बोकेको गीतमा गायक धामी स्वयं र गायिका धनकुमारी थापा सरुका स्वर सुन्न सकिन्छ।

गीतको शब्द तथा संगीत मनोज सिँह धामीकै रहेको छ भने केशव बडूले एरेन्ज गरेका छन्। प्रेम राना र रुपी सिन्जाली मगरले कोरस स्वर दिएका छन्। कुमार रानाले मिक्सिङ/मास्टरिङ तथा सुमन राना र खुमन रानाले रेकर्डिङको काम गरेका छन्। गीत मरुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। गीत गायक मनोज धामीको युट्युबबाट सार्वजनिक गरिएको छ ।

भिडियोतर्फ अभिनयमा चर्चित हास्यकलाकार जोडी किरण केसी ‘राता मकै’ र दीपाश्री निरौलाको विशेष प्रस्तुति रहेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन्। छायांकनमा करण चैँसिर छन् भने सम्पादन र रङ संयोजन प्रभिन भट्टले गरेका हुन्।

गीतको मेकअप अनिमेश गुरुङले गरेका छन् भने पोस्ट प्रोडक्सन मषकबिन नेपालले गरेको हो।

गीतले अहिलेको डिजिटल प्रवृत्तिलाई समेट्दै रमाइलो शैलीमा युवाको सामाजिक सन्देश दिन खोजेको छ। गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आइरहेको छ। गायक धामीका अनुसार गीतले मनोरञ्जनसँगै वर्तमान युवापुस्ताको डिजिटल जीवनशैलीलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्न खोजेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्