डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिकालाई पूर्व राष्ट्रिय सभा सदस्य महेश महरा र गायक भानुभक्त जोशीले गीतमार्फत चिनाएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर आलितालका चिनारीहरुलाई गीत मार्फत व्यक्त गरेका छन् । पूर्व राष्ट्रिय सभा सदस्य महेश कुमार महराको शब्द तथा गायक भानुभक्त जोशी र गायिका गौरी भट्टको स्वरमा रहेको गीत सार्वजनिकको तयारीमा रहेको छ ।
आलिताललाइ स्वर्गको दर्जा दिदैँ घुम्न आउन गीत मार्फत अनुरोध गरेका छन् । बिग परिवेशको स्टुडियोमा रेकर्ड गरिएको गीतलाइ भुवन बडूले एरेन्ज गरेका छन् भने रिजन बडू र जीवन बडूले मिक्सिङ गरेका छन् । गायक जोशीको संगीतमा रहेको उक्त गीतको भिडियोलाई नविन विष्टले निर्देशन गरेका छन् । अमृत चापागाईले सम्पादन गरेको छ भने अर्जुन कुँवर र दिपक गिरीले छायांकन गरेका छन् ।
गीतलाइ आलिताल गाउँपालिकाको आधिकारिक फेसबुक पेज तथा निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिने छ ।
जात्रा, मेला तथा धार्मिक एवं पर्यटकीय क्षेत्रहरुलाई चिनाउने उद्देश्यले गीतको निर्माण गरिएको छ । यस क्षेत्रमा भएका धार्मिक एवं पर्यटकी धरोहरको छायांकन समेत गरि भिडियोमा प्रस्तुत गरिएको छ । भिडियो हेर्ने जोकोहिले पनि साँच्चै आलिताल घुमेको महसुश गर्नेछन् । गीतले पक्कै पनि आलितालको डिजिटल भिडियो संग्रह बन्नेछ ।