काठमाडौ – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज वेल्स राज्य समितिको पहलमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । इनासको वेल्स राज्य समितिले मंगलबार वेल्सको राजधानी कार्डिफमा बसोवास गर्दै आएकि चर्चित मोडेल तथा नायिका सिम्पल खनाल र भर्खरै आफ्नो सांगितिक यात्रा सुरूवात गरेका गीतकार तथा गायक कुलदिप सापकोटालाई समितिको बैठकले सम्मान गरेको हो । हालै संचालनमा आएको रेष्टुरेन्ट वेस क्याम्प इन्डियन किचेनमा एक कार्यक्रम गरि दुवै जनालाई सम्मान गरिएको इनास वेल्सकी सचिव सृजना भण्डारीले बताइन् ।
सम्मान कार्यक्रममा आफ्नो छोटोे भनाइ राख्दै आफैंले रचना गरेको गीत गाएर गायक सापकोटाले उपस्थिति समितिका पदाधिकारीलाई भरपुर मनोरञ्जन दिलाएका थिए भने वर्षौ देखि नेपाली चलचित्रमा अभिनय गर्दै आएकि नायिका खनालले ईनास वेल्सले गरेको कार्यक्रमको प्रसंंसा गर्दै सहकार्य गरेर धेरै राम्रा कामहरूको थालनी गर्न सकिने विचा, व्यक्त गरिन् ।
यसैगरि वेल्स राज्य समिति संयोजक रामदत्त मिश्रले नायिका खनाल र गायक सापकोटालाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै समपतिले नेपाली कला,संस्कृति तथा भाषाको संरक्षण तथा संवर्द्धन गर्नुका साथ साथै कलाकर्मिको हकहितका लागि सदैव अग्रसर रहेको जानकारी दिए ।
मिश्रका अनुसार इनास वेल्स राज्य समितिले छोटोे समयमा छुट्टै पहिचान वनाइसकेको र अझ प्रगतिका लागि टिमको विषेश योगदान रहनुपर्ने प्रष्ट पारे । संयोजक मिश्रले समितिका पदाधिकारीलाई धन्यवाद समेत दिए ।