रक्सीमा ७० प्रतिशतको कोरोना विशेष शुल्क लागू गर्ने दिल्ली सरकारको निर्णय

दिल्ली – सोमबार बेलुका दिल्ली सरकारले रक्सीमा ७० प्रतिशतको कोरोना विशेष शुल्क लागू गरेको छ ।

सोमबार देशव्यापी लकडाउनमा केही राहत दिइएपछि दिल्ली सरकारले रक्सीको पसल खोल्ने निर्णय लिएको थियो । त्यसपछि बेलुका नै कोरोना शुल्क लगाउने निर्णय गरिएको हो । स्रोतलाई उद्धृत गर्दै पिटिआईले नयाँ मूल्य रक्सीको बोतलमा छापिएको एमआरपीमा लगाइने बताइएको छ जुन मंगलबार देखि लागू हुनेछ ।

कोरोनाभाइरसका कारण लगाइएको लकडाउनमा सरकारको निकै पैसा खर्च भइरहेको र यो कदमले सरकाले राजस्व पाउने अनुमान गरिएको छ । – Source:BBC 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्