भारतमा कोरोनाको अवस्था भयावह बन्दै, एकै दिन ४ हजार संक्रमित भेटिए, संक्रमितको संख्या ४६ हजार पार

काठमाडौँ – भारतमा एकै दिन ४ हजार कोरोनाका नयाँ विरामी भेटिएका छन् ।
वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३९ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या अहिले सम्मकै उच्च हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा यो भाइरसबाट यहाँ १ सय ७५ जनाको मृत्यु भएको छ । भारतमा यो भाइरसको कारण ज्यान गुमाउनेको संख्या १५ सय ५९ पुगेको छ । १२ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । कोरोना भाइरसबाट दक्षिण एसियामा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्